
“मर्यादित सहकारी ः समुन्नत समाज” भन्ने
मूल नारालाई आत्मसात गर्दै जिल्ला सहकारी संघ लि. (डिस्कोफ)
काभ्रेले ६८ औं राष्ट्रिय
सहकारी दिवस तथा अन्तर्राष्ट्रिय
सहकारी वर्ष २०२५ को
अवसरमा
वृक्षारोपण,
राष्ट्रिय झण्डा तथा सहकारीको झण्डा
झण्डोत्तलन, रक्तदान कायृक्रम, फुटसल प्रतियोगिताको विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न
गरेको छ।
कार्यक्रमको
प्रारम्भ नेपाल राष्ट्रको झण्डा र सहकारी झण्डा
फहराएर गरिएको थियो । बनेपा
नगरपालिका प्रमुख श्री शान्ति रत्न
शाक्य ज्यूले झण्डोत्तोलन गर्दै सहकारीको महत्त्व र यसले समाजमा
पु¥याउने योगदानबारे चर्चा गर्नुभयो। यसै
गरि संघको भवन परिसरमा वृक्षारोपण
कार्यक्रमको आयोजना गरिएको थियो, जसमा प्रमुख अतिथि,
अतिथिहरू तथा सहकारीका प्रतिनिधिहरूले
सक्रिय सहभागिता जनाएका थिए। वातावरण संरक्षणको
महत्वलाई आत्मसात गर्दै सहकारीले निरन्तर रुपमा वृक्षारोपण तथा हरियाली प्रवद्र्धन
अभियानलाई अघि बढाउने प्रतिबद्धता
व्यक्त गर्नु भएको थियो ।
उक्त
दिन नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्राविधिक सहयोगमा समाजसेवा र मानवीय सेवाको
भावनालाई आत्मसात गर्दै रक्तदान कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा
सहकारीकर्मी, स्थानीय बासिन्दा तथा अन्य समाजसेवी
व्यक्तिहरू लगायत २६ जनाले रक्तदान
गरी मानव सेवा प्रदान
गरका थिए । कार्यक्रममा संघले मिति २०८१ चैत्र
१९ गते मंगलवारका दिन
बनेपा–४, नाला स्थित
प्लेयर्स फुटसल मा सम्पन गरेको
फुटसलमा विजयी टिमहरु लाई पुरस्कार वितरण
कार्यक्रम सम्पन्न गरेको थियो । उक्त
प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल पनौती
न.पा. ६ स्थित
ज्योति मिर्मिरे सामुहिक साकोस लाई प्रमाण पत्र,
मेडल, सिल्ड र नगद राशी
ले सम्मान गरेको थियो, यस्तै दोस्रो स्थान हासिल गर्न सफल पनौती
न.पा. ७ स्थित
श्री इन्द्रेश्वर साकोस लाई पनी प्रमाण
पत्र,मेडल, सिल्ड र नगद राशीले
सम्मान गरेको थियो, यसै गरि तेस्रो
स्थान हासिल गर्न सफल पनौती
न.पा ७ स्थित
रोशी साकोस लाई प्रमाण पत्र,मेडल र नगद
राशी प्रदान गरेको थियो ।
कार्यक्रममा
संघका उपाध्यक्ष शान्ति लामा तामाङले स्वागत
मन्तव्य व्यक्त गर्दै सहकारी दिवसको महत्त्वबारे प्रकाश पार्नुभयो। प्रमुख अतिथि बनेपा नगरपालिका नगर प्रमुख शान्ति
रत्न शाक्यले सहकारी आन्दोलनले आर्थिक तथा सामाजिक समृद्धिमा
पु¥याएको योगदानको प्रशंसा गर्नुभयो। निवर्तमान अध्यक्ष दिलिप शर्मा, वडा नं. ७
का वडा अध्यक्ष हिट्लर
शाक्य तथा अन्य अतिथिहरूले
शुभकामना मन्तव्य राख्दै सहकारी अभियानको सशक्तीकरणमा सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा अतिथीको रुपमा बागमति प्रदेश सहकारी संघ लि. का
कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, बागमती प्रदेश बचत तथा ऋण
सहकारी संघ लि का
अध्यक्ष उद्धव सापकोटा, पत्रकार महासंघ काभ्रे शाखा प्रमुख विनोद
कुमार न्यौपाने लगायत संघका पूर्व अध्यक्षहरु, जिल्लामा रहेको विषयगत संघका पदाधिकारीहरु, सहकारी अभियान्ताहरु, पत्रकारहरु तथा प्रारम्भिक सहकारीका
प्रतिनिधीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन
संघका सचिव प्रकाश बन्जारा
ले गर्नु भएको थियो ।