• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

मार्यादित सहकारी समुन्नत समाज भन्ने मूल नारा लाई आत्मसाथ गर्दै जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रे ले ६८ औँ राष्ट्रिय सहकारी दिवस तथा  अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता मिति २०८१ चैत्र १९ गते मंगलबार बनेपा, नालास्थित प्लेयर्स फुटसलमा भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाहरूबीच आपसी सम्बन्ध मजबुत बनाउन, सहकार्य अभिवृद्धि गर्न तथा खेलकुद मार्फत स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो

प्रतियोगितामा जिल्लामा सञ्चालनमा रहेको २८ टिमले सहभागिता जनाएका थिए, जसमा २६ वटा प्रारम्भिक संस्था जिल्ला सहकारी संघ लि. जिल्ला बचत संघ लि. काभ्रे गरी वटा संघहरु रहेका थिए। प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक रोमाञ्चक रह्यो, जसले सहकारी अभियन्ताहरूमा फुटसल खेलको महत्वलाई अझ प्रोत्साहित ¥यो

प्रतियोगितामा कडा प्रतिस्पर्धाका बाबजुत ज्योती मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. ले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्न सफल भएको थियो यसै गरी श्री इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि. ले दोस्रो स्थान रोशी बचत तथा ऋण सहकारी संस्था लि. तेस्रो स्थान हासिल गर्न सफल भएको थियो

उक्त प्रतियोगिता बनेपा नगरपालिका नगर प्रमुख श्री शान्ति रत्न शाक्य ज्यू को प्रमुख आतिथ्यता संघका अध्यक्ष श्री अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बनेपा .पा. वडा नं का वडा अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष दिलिप शमार्, पत्रकारहरु अतिथी रहेको कार्यक्रमा संघका पदाधिकारीहरु, कर्मचारीहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथी ज्यूले सहकारीहरूको आपसी समन्वय खेलकुद प्रवद्र्धनको महत्वपूर्ण भूमिकाको बारेमा चर्चा गर्दै भविष्यमा यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गर्नुपर्ने आवश्यकता औंल्याए। यस्तै गरि कार्यक्रमको अध्यक्षता गर्नु भएका संघका अध्यक्ष ज्यूले सहकारी आन्दोलनलाई सशक्त बनाउन यस्ता खेलकुद कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो उहाँले सहकारी संस्थाहरूले वित्तीय क्षेत्रमा मात्र नभई सामाजिक तथा शारीरिक स्वास्थ्य प्रवद्र्धनमा पनि योगदान दिनुपर्नेमा जोड दिनु भएको थियो

प्रतियोगितामा सहभागी खेलाडीहरू अत्यन्त उत्साहित देखिन्थे फुटसल खेलमार्फत सहकारी संस्थाहरूबीच थप घनिष्ठता बढेको महसुस भएको उनीहरूले बताएका छन् खेलाडीहरूका अनुसार यस्ता प्रतियोगिताले सहकारी सदस्यहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गर्न पनि मद्दत पुग्ने बताएका छन्